का-निङ शेड्रुब लिङ् गुम्बा र अन्तर्राष्ट्रिय शेड्रुब मण्डलको सहयोगमा धर्म हाउस भियतनाम

४३औँ वार्षिक शिविर

छोकि निमा रिन्पोछेको भियतनामको हानामको ताम् छुच् प्यागोडा कम्प्लेक्समा मे २०२३ को शिविर पछि रिन्पोछेलाई अमिताभ बुद्धको शुद्ध क्षेत्रमा पुनर्जन्मको बारेमा थप सिकाउन अनुरोध गरिएको थियो।

 

ताम् छुच् प्यागोडा कम्प्लेक्सको अचम्मको सुन्दर शान्त वातावरणमा रमाएर रिन्पोछेले४३ औँ वार्षिक शिविर यस उत्कृष्ट स्थानमा नोभेम्बर 22 - 27 सम्म आयोजना गर्न चाहनु भयो। रिन्पोछेले "धर्मको चार उद्दान" र "अमिताभ बुद्धको शुद्ध क्षेत्रमा पुनर्जन्म हुने चार कारणहरू" बारे सिकाउनु हुनेछ।

 

नोभेम्बर २७ मा,रिन्पोछेले अमिताभ बुद्धको अभिषेक  प्रदान गर्नु हुनेछ। त्यस दिनको लागि विस्तृत तालिका आउन बाँकी छ।

 

नोभेम्बर २८,को दिन निन्ह बिन प्रान्त, बाई दिन्ह प्यागोडामा ऐच्छिक तीर्थयात्रा हुनेछ जहाँ बुद्धको अस्थिधातु रहेको छ।

 

 

ताराको त्रिउत्तम शिविर

ताराको वार्षिक त्रिउत्तम शिविर पनि ताम् छुच् प्यागोडा नोभेम्बर 29 - डिसेम्बर 2सम्म हुनेछतारा त्रिउत्तम (TTE)शिविरमा त्रिउत्तम अभ्यास गरिरहेका र नरहेका सबै सहभागीहरूलाई सहर्ष स्वागत छ। कृपापूर्वक रिन्पोछेले सबै सहभागीहरूलाई बाहिरी तारा अभिषेक प्रदान गर्न सहमत हुनु भएको छ। साथै,रिन्पोछे प्रतिबद्ध तारा त्रिउत्तमका अभ्यासकर्ताहरूको लागि भित्री तारा अभिषेक प्रदान गर्न उदारतापूर्वक सहमत हुनु भएको छ। प्रतिबद्ध त्रिउत्तम अभ्यासकर्ताहरूको लागि मात्रै रिन्पोछेले गुह्य ताराको अभिषेक प्रदान गर्न सक्ने सम्भावना पनि छ। थप जानकारी दर्ताको क्रममा प्रदान गरिनेछ। यदि त्रिउत्तम शिविर सम्बन्धी केही सोध्नु छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् events@tarastripleexcellence.org

 

रिन्पोछेको चाहना

भियतनामी संघ यस अविस्मरणीय आध्यात्मिक र सांस्कृतिक अनुभवको लागि विश्वव्यापी संघलाई स्वागत गर्न उत्सुक छ। यो रिन्पोछेको चाहनाको की हामी सबै यस अद्भुत स्थानमा एकसाथ शिक्षा प्राप्त गरेर, ध्यान अभ्यास गरेर, सँगै खाना खाँदै फुर्सदको समयको आनन्द लिनको लागि एकसाथ भेला होस् भन्ने चाहनु हुन्छ। यसले हामीमा भ्रातृत्व र स्नेह भएर एकताको सुमधुर भावना जागृत होस्।

 

थप विवरणहरूको लागि, कृपया FAQ हेर्नुहोस्।

४३औँ वार्षिक शिविर र;
ताराको त्रिउत्तम शिविर
छोकि निमा रिन्पोछे

४३ औँ वार्षिक शिविर

शिक्षक:
छोकि निमा रिन्पोछे
स्थान:
ताम् छुच् प्यागोडा, हा नाम प्रान्त, भियतनाम
मिति:
नोभेम्बर 22 – 28, 2023

त्रिउत्तम शिविर

शिक्षकहरू:
छोकि निमा रिन्पोछे
ड्रुपोन् तेन्जिङ शाङ्पो
स्थान:
ताम् छुच् प्यागोडा, हा नाम प्रान्त, भियतनाम
मिति:
नोभेम्बर २९ – डिसेम्बर २, २०२३


"शून्यता साक्षात् गर्नको लागि करुणा भाव एक अपरिहार्य आवश्यकता हो।"

छोकि निमा रिन्पोछे
भियतनामको प्रवेश भिसा

भियतनामले हाल 80 देशका नागरिकहरूलाई ई-भिसा प्रदान गरिरहेको छ।

सूचीको 23 देशहरूको वैध राहदानी धारकहरूलाई भियतनामको लागि भिसा आवश्यक पर्दैन।

पूर्ण जानकारीको लागि, कृपया हेर्नुहोस्:

https://evisa.xuatnhapcanh.gov.vn/en_US/web/guest/khai-thi-thuc-dien-tu/cap-thi-thuc-dien-tu